सुदुरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेका कंचनपुरका गौरबका योजनाहरुको मन्त्री बोहराद्धारा अनुगमन

सडक निर्माणको काम तिब्र गतिमा भइरहेको प्रति सन्तोष व्यक्त

सुदुरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेका कंचनपुरका गौरबका योजनाहरुको मन्त्री बोहराद्धारा अनुगमन
महेन्द्रनगर, १ कार्तिक
सुदुरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेका कंचनपुरका गौरबका योजनाहरुको भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले शनिवार अनुगमन गर्नु भएको छ । कन्चनपुरको बेदकोट नगरपालिका वडा नं ६ चुनेपानी देखि मलास जाने सडकको ६ किलोमीटर ट्रयाक खोली ग्राभील गर्ने योजना र दैजी जोगबुडा सडक कालोपत्रे योजनाको मन्त्री बोहराले निरीक्षण र अनुगमन गर्नु भएको छ । बेदकोटको चुनेपानी सिद्धसरोवर गैरीखान सडक बन्ने भएपछि डडेल्धुरा मलासका जनता हर्षित भएका छन ।

सामान्य घरायसी सामान किन्न समेत पैदलै हिडेर कन्चनपुर आउनु पर्ने बाध्यता भोगिरहेका यहाका जनताका लागि यो सडक बरदान सावित भएको मलासका स्थानीय महादेव भट्टले बताउनु भएको छ । वहाले गैरीखान देखि डडेल्धुराको पर्शुराम नगरपालिकाको बसेनी र घुम्टेगडा जोड्ने भएकाले थप बजेट विनयोजन गरि बाकी रहेका सडक निर्माण गरिदिन समेत आग्रह गर्नुभएको छ । सडक निर्माण कार्यत्रको अनुगमन गर्दै सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले गर्दै बाकी रहेको १८ सय मिटर सडकका लागि समेत बजेट बिनियोजन गरिने प्रतिबद्धता जनाउनु भएको छ । 

उच्चाकोटी वाइ आर जे भी निर्माण कम्पनीले २ करोड १९ लाखमा निर्माण गरिरहेको बेदकोटको चुनेपानी सिद्धसरोवर गैरीखान सडक निर्माणको २५ प्रतिशत काम सम्पन्न भइसकेको पुर्वाधार विकास कार्यालय कंचनपुरका प्राविधिक अधिकृत इन्जिनियर हेमराज भट्टले जानकारी दिनु भएको छ ।

 यसै असार २९ गते ३ बर्षका लागि ठेक्का सम्झौता भइ असोज ४ गतेदेखि काम शुरु गरिएको यो योजनाको २५ दिनकै अवधिमा २५ प्रतिशत काम सम्पन्न भएकाले योजना आउदो २०७८ सालको दसैं सम्ममा सम्पन्न गरि हस्तान्तरण गर्ने ठेकेदार निरन्जन प्रसाद भट्टले बताउनु भएको छ । यसै गरि दैजी छेला लिपना १६ किलोमीटर कालोपत्रे सडकको पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको पुर्वाधार विकास कार्यालय कन्चनपुरका प्रमुख धिरेन्द्र भट्टले जानकारी दिनु भएको छ । २०७४ साल भदौ देखि नागार्जुन निर्माण सेवाले काम गरिरहेको दैजी जोगबुडा सडक पुष मसान्त सम्ममा निर्माण गसिक्ने ठेकेदार ईश्वरी भट्टले बताउनु भएको छ । रु. १८ करोड ४९ लाखमा सम्झौता भएको यो योजना डिभिजन सडक कार्यालय कन्चनपुरले पुर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको योजना हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.