कञ्चनपुरमा प्रहरीद्धारा अवैध काठ र सामान बरामद

कञ्चनपुरमा प्रहरीद्धारा अवैध काठ र सामान बरामद
महेन्द्रनगर, ३ कार्तिक
कञ्चनपुरमा प्रहरीले अवैध काठ र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलिले मिति यही कार्तिक २ गते राती बिशेष सुचनाको आधारमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरबाट अन्दाजी साडे पाँचक्यु फिट ५ थान कडी चोरी पैठारी गरेर ल्याएको सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ असरपुर बस्ने अन्दाजी ३५ बर्षका हरीश लुहारले चलाएको म १ प ८३३८ नं. को मोटरसाइकलमा चौरी गरेर ल्याइरहेको काठ सहित, मोटरसाइकल र निज लुहारलाई आवश्यक कार्बाहीको लागी डिभिजन बन कार्यालय कञ्चनपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताउनु भयो ।

 यस्तै सोमवार कार्तिक ३ गते कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ४ बसपार्कबाट भन्सार छली गरि ल्याएको तयारी पर्दा ६५ थान, पर्दा कपडाको रोल ३ थान दुई सय पछहत्तर मिटर गरी अन्दाजी ५४ हजार एक सय रुपैया बराबरको सामान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 पर्दा र पर्दाको कपडाहरु बेवारीसे अवस्थामा फेला पारेको र रितपुर्बक बरामद गरी आवश्यक कारवाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.