कैलालीमा गए राति ५ जुवाडे पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट गएराती २ लाख २३ हजार नगद सहित ५ जना जुवाडे पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बताएको छ । उनीहरुको विवरण भने सार्वजनिक गरेको छैन् ।
गएराति नगद सहित जुवाडे पक्राउ गरिएको पुष्टि गरे पनि विवरण पछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
Comments are closed.