एक हप्ते आत्मरक्षा तालिम सञ्चालन हुने, ३० जना नयाँ प्रशिक्षक तयार पारिने
निर्मला खडायत
धनगढी, १६ कार्तिक
कैलालीको धनगढीमा एक हप्ते आत्मरक्षा तालिम सञ्चालन हुुने भएको छ । समाजमा महिला हिंसा र बलत्कारका घटनामा बृद्धि हुुँदै गएपछि महिलाहरुलाई आफ्नो रक्षा कसरी गर्ने भन्ने सिकाउनका लागि कात्र्तिक २० गतेदेखि एक हप्ता सम्म तालिम सञ्चालन गरिनेछ । यौन हिंसा विरुद्धको अभियान प्रहारको आयोजनमा हुुने यस प्रशिक्षणमा ३० जना महिलाहरुले प्रशिक्षण लिने अभियानका संयोजक प्रकाश चन्दले बताउनुुभएको छ ।
उहाले विगतका बर्षमा पनि यसै अभियान अन्तरगत १५ हजार बढि महिलालाई आत्मरक्षाको तालिम दिइसकेको बताउनुुभएको छ । तर, अहिले सामान्य तालिम दिन भन्दा प्रशिक्षकहरु नै तयार पार्नका लागि प्रशिक्षण दिइने उहाले बताउनुुभएको छ । “विगतमा पनि हामीले धेरै दिदिबहिनीहरुलाई तालिम दियौं । तर, त्यहाँबाट थोरैले लाभ लिन सके । कति त बिर्सि पनि सके” संयोजक चन्दले भन्नुुभयो, “यस पटक हामी सबै जनालाई प्रशिक्षकका रुपमा तयार पार्नेछौं ।” उहाले साता दिनको तालिम पछि तयार भएका प्रशिक्षकहरुबाट बिद्यालयहरुमा निशुुल्क प्रशिक्षण दिइने बताउनुुभएको छ । आत्मरक्षा तालिममा यस पटक ३० जना किशोरावस्थाका महिलाहरुलाई सहभागि गराइने छ । त्यसपछि उनीहरुबाट अन्य बिद्यालयमा निशुुल्क तालिम सञ्चालन गराइनेछ । कोरोनाको महामारीको बेला भएकोले तालिम सामाजिक दुुरी कायम गरेर संचालन गरिने उहाको भनाइ छ ।
Comments are closed.