कञ्चनपुरमा ‘महेन्द्रनगर म्युजियम संचालनमा

कञ्चनपुरमा ‘महेन्द्रनगर म्यूजिम संचालनमा
महेन्द्रनगर, २८ कार्तिक
पर्यटन विकासका लागि कञ्चनपुरमा संग्रहालय (म्यूजियम) संचालनमा आएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसीमा ‘महेन्द्रनगर म्युजियम संचालनमा आएको हो । पाइलट बेद प्रकास उत्प्रेतीले उक्त संग्रहालय (म्युजियम) संचालनमा ल्याउनु भएको हो ।

  संचालक उप्रेतीले सुदूरपश्चिम प्रदेशको पर्यटकिय विकासका लागि संग्रहालय संचालनमा ल्याएको बताउनु भयो । सात करोड रुपैयाको लागतमा निर्माण भएको सग्रहालय (म्यूजियम)मा तीन तले भवन, स्वीमिङ्ग पुल निर्माण गरिएको छ । कोरोनाको प्रभावका कारण मुख्य संग्रहालय सरकारले नै खोल्न अनुमति नदिएको बताउदै सग्रहालयका संचालक उप्रेतीले बाहिर तर्फ स्वीमिङ्ग पुल र हेलिकेप्टर अवलोकनका लागि व्यवस्था गरेका बताउनु भयो ।

 स्वीमिङ्ग पुलमा २४सै घण्टा भगवान शिवजीको मूर्ति राखिएको छ । पानी पहरा दिईएको छ । फिस्टेल एयरलाईन्सको हेलिकेप्टर लाङटाङबाट ल्याएर राखिएको छ । यस क्षेत्रका पर्यटकिय गन्तव्यका फोटा समेत सग्रहालयमा राखिएका छन् । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा म्यूजिम संचालन भएसगै यस क्षेत्रको पर्यटकिय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.