झिलमिला क्षेत्रको विकासका लागि खासै पहल नभएको दर्शनार्थीहरुको गुनासो

बाचा धेरै गरिएका भएपनि ती वाचा पुरा भएनन्

झिलमिला क्षेत्रको विकासका लागि खासै पहल नभएको दर्शनार्थीहरुको गुनासो
बाचा धेरै गरिएका भएपनि ती वाचा पुरा भएनन्
महेन्द्रनगर, २८ कार्तिक
कञ्चनपुरको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल झिलमिला क्षेत्रको विकासका लागि खासै पहल नगरीएको गुनासो गरिएको छ ।

 नेपाल तथा भारतका दर्शनार्थीहरुको रोजाइको क्षेत्र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मा रहेको झिलमिला क्षेत्रको विकासका लागि जनप्रतिनिधी तथा अन्य सरोकारवालाहरुले आश्वासन दिएपनि अझैपनि धेरै आश्वासन पुरा नगरेको झिलमिला क्षेत्रमा विगत ६ वर्षदेखि बस्दै आउनु भएका एक जना सन्त लीलानाथ योगीले बताउनु भयो । उहाले दर्शनार्थीहरुका लागि भन्दै ओत लाग्नका लागि समेत धर्मशाला निर्माण नगरीएको बताउनु भयो । पानी परेको बेला तथा ठुलो हावाहुरी चलेको बेला टीनले छाएका २०५४ सालमा बनाइएका टहराहरुमा बस्न समस्या हुने गरेको सन्त योगीले बताउनु भयो ।

 

झिलमिला क्षेत्रमा उर्जाका लागि भारतीय दर्शनार्थीहरुले सोलार जडान गरीदिएका भएपनि नेपालका तीन तहका सरकारमा प्रतिनिधित्व गर्ने कुनै पनि जनप्रतिनिधीहरुले उर्जाको व्यवस्थापनका लागि पहल नगरेको गुनासो गरिएको छ । झिलमिला क्षेत्रसम्म पुग्नका लागि राम्रो सडकको व्यवस्था नहुनुका साथै सुरक्षा र सञ्चारको समेत व्यवस्था नभएको झिलमिला क्षेत्रमा दर्शन गर्न जानेहरुले बताउने गरेका छन् ।

झिलमिलालाई साच्चिकै झिलमिल नै बनाउने भनेर प्रदेश सरकारमा तथा स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुले भाषण गरेका भएपनि भौतिक संरचनाको कुनै पनि विकास नभएको र जनप्रतिनिधित्वहरुले गरेका बाचाहरु पनि पुरा नगरेको पाइएको छ । झिलमिला क्षेत्रको स्थलगत रिर्पाेटिङ्ग गरेर फर्किनु भएका हाम्रा सहकर्मी जयदेव जोशीले झिलमिला क्षेत्रमा बस्दै आउनु भएका सन्त लीलानाथ योगीले आफुलाई खाना पकाउनका लागि आवश्यक भाडावर्तनको व्यवस्था गरिदिन माग गरेका भएपनि नगरपालिका र वडा कार्यालयले वेवास्ता गरेको गुनासो गर्नु भएको जानकारी दिनु भयो ।

 यदी स्थानीय सरकार र प्रदेश सरकार मात्रैले पनि झिलमिला क्षेत्रको विकासका लागि भौतिक पुर्वाधार र झिलमिला तालको संरक्षण र सम्र्वद्धनका लागि ध्यान दिने हो भने झिलमिला क्षेत्रले धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउने देखिएको दर्शनार्थीहरुले बताएका छन् । झिलमिला जाने सडकको केही भाग निर्माण गरिएको भएपनि त्यसको मर्मत सम्भार नहुदा दर्शनार्थीहरुलाई दर्शन गर्नका लागि झिलमिला क्षेत्र जादा अप्ठ्यारो हुने गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.