कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका १ मा से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालिका ६ का ४६ वर्षीय रमेश बिस्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बिस्टको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते रहेका बिस्टलाई टीकापुर अस्पतालबाट थप उपचारको लागि कोहलपुर रेफर गरेको र कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
Comments are closed.