२९ औँ अन्र्तराष्ट्रिय अपांग दिवश कैलाली र कञ्चनपुरमा पनि मनाइयो
महेन्द्रनगर, १८ मंसिर
बिहीवार डिसेम्बर ३ तारिखका दिन अन्र्तराष्ट्रिय अपांग दिवश मनाइएको छ । अन्र्तराष्ट्रिय अपांग दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । अन्र्तराष्ट्रिय अपांगको दिवशको अवशर पारी कैलालीको धनगढीमा अपांगता भएकाहरुको हक हितका विषयमा अन्तर संवाद कार्यक्रम गरिएको छ ।
राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको आयोजना तथा सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग सुदुरपश्चिम प्रदेशको सहयोग र समन्वयमा अपांगता भएकाहरुको हकहितका विषयक अन्तर संवाद कार्यक्रम सम्मपन्न भएको राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतले जानकारी दिनु भयो । राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतको सभापतित्वमा सम्पन्न भएको उक्त अन्तर संवाद कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रघुराम बिष्ट रहनु भएको थियो ।
अन्तर संवाद कार्यक्रममा सहभागीहरुले अपांगता भएकाहरुको हकहितकालागि सम्पुर्ण सरोरकावालाहरुले लाग्नुपर्ने धारणा राखेका छन् । कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतले अपांगता नियमावली बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेश प्रमुख मोहनदेव जोशीले कोभिड १९ ले अपांगता भएका व्यक्तिहरुलाई पारेको असरका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययनका विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले अपांगमैत्री भौतिक संरचना नभएका, सहायक सामाग्रीको पर्याप्त उपलब्धता नभएको भनाई राखेका थिए ।
कञ्चनपुरमा पनि अन्र्तराष्ट्रिय अपांग दिवश मनाइएको छ । अन्र्तराष्ट्रिय अपांग दिवशको अवशरमा कञ्चनपुर नेत्रहीन संघले एक कार्यक्रमको आयोजना गरी नेत्रहीनहरुको समस्या लगायतका विषयमा छलफल गरीएको छ । कञ्चनपुर नेत्रहीन संघको आयोजना तथा नेपाल नेत्रहीन संघको आर्थिक सहयोगमा कार्यक्रम गरीएको हो । कञ्चनपुर नेत्रहीन संघका अध्यक्ष प्रेम बोहराको सभापतित्व तथा नेपाल नेत्रहीन संघका महासचिव शिशिर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी नेत्रहीन अपांगता भएकाहरुलाई सेतो छडी लगायतका सहायता सामाग्री समेत वितरण गरिएको कञ्चनपुर नेत्रहीन संघका अध्यक्ष बोहराले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य कञ्चनपुर नेत्रहीन संघका कार्यसमिति सदस्य अम्बादत्त जोशीले राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रहीन संघका महासचिव शिशिर खनालले नेत्रहीन अपांगता भएकाहरुको समस्या समाधानकालागि आफुहरुले पहल गरी रहेको बताउनु भयो । कार्यक्रममा सहभागी कञ्चनपुरको पुर्नवास नगरपालिकाको वडा नम्बर १० को विकास वस्तीका अर्जुन रानाले सरकारले आफुहरु जस्ता नेत्रहीनहरुकालागि सीपमुलक कार्यक्रम ल्याइदिनुपर्ने बताउनु भयो ।