सुदुरपश्चिम प्रदेशमा बिहीवार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार ८ सय २२ जना

सुदुरपश्चिम प्रदेशमा बिहीवार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
महेन्द्रनगर, १८ मंसिर
सुदुरपश्चिम प्रदेशमा बिहीवार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुदुरपश्चिम प्रदेशका चारवटा प्रयोगशालामा बिहीवार गरिएका परीक्षणमा कुल ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीवार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 यस्तै डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा १४ जनामा, जिल्ला अस्पताल बझाङमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ४ जनामा र अछामको कमलबजार नगरपालिकामा रहेको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा गरी बिहीवार कुल ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताउनु भयो । बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका १८ जना, कञ्चनपुरका ३ जना, अछामका ११ जना, बैतडीका २ जना, बझाङका ४ जना, डडेल्धुराका १२ जना, दार्चुला १ जना र डोटीका १ जना रहेका छन् । बिहीवार थप ५२ जना कोरोना संक्रमित थपिएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ४ सय ७२ जना पुगेको छ ।

 कुल कोरोना संक्रमितमध्ये ९ हजार ६ सय ११ जना कोरोनामुक्त भइसकेको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिले सुदुरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार ८ सय २२ जना रहेको र ३९ जना कोरोना संक्रमितले ज्यान गुमाएका सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.