। कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कञ्चनपुर कृष्णपुर नगरपालिका-२ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए मंसिर १४ गते गम्भीर प्रकारको निमोनिया लिएर धनगढीकै एक निजी अस्पतालमा उपचारका लागि गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि १५ गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा रेफर गरिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गराइरहेका व्यक्तिको शनिवार दिउँसो मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
योसँगै सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ ।
‘अहिले २ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने थप २ जना आइसियुमा छन्,’ उनले भने, ‘५ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ । ’