चालु आ.व.को पहिलो चौमासिकमा ८ करोड ५० लाख भन्दा बढि बजेट खर्च

विगतका वर्षभन्दा बजेट खर्च बढ्दै

महेन्द्रनगर, २० मंसिर
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकमा ८ करोड ५० लाख भन्दा बढि बजेट खर्च गरेको छ ।

कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि ६८ करोड ८७ लाख ८ हजार ४३ रुपैया ७ पैसाको कुल बजेट ल्याएकोमा पहिलो चौमासिकको अन्त्यसम्ममा ८ करोड ५० लाख ८२ हजार ५ सय ९ रुपैया ६० पैसा खर्च गरेको कृष्णपुर नगरपालिकाको लेखा तथा राजश्व शाखाका लेखा अधिकृत खेमराज ओझाले जानकारी दिनु भयो ।

कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा पुँजीगततर्फ २९ करोड ६ लाख ५ हजार ४३ रुपैया ७ पैसा बजेट विनियोजन गरेकोमा चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकको अन्त्यसम्ममा ४५ लाख ९१ हजार ९ सय ८७ रुपैया बजेट खर्च गरेको छ । यस्तै चालु आर्थिक वर्ष २०७७÷७८ मा चालुतर्फ ३९ करोड ८१ लाख ७५ रुपैया बजेट विनियोजन गरेकोमा चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकको अन्त्यसम्ममा ८ करोड ४ लाख ९० हजार ५ सय २२ रुपैया ६० पैसा बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षमा पुल निर्माण, सडक निर्माण लगायतका कार्यहरु भइ रहेको कृष्णपुर नगरपालिकाले जनाएको छ ।

     विगतका वर्षमा पुँजीको अभावका कारण विकास निर्माण कार्यहरुले खासै गति लिन नसकेका भएपनि चालु आर्थिक वर्षमा भने बजेटको अभाव नभएको हँुदा विकास निर्माणका कार्यहरु बढीरहेको कृष्णपुर नगरपालिकाको लेखा तथा राजश्व शाखाका लेखा अधिकृत ओझाले बताउनु भयो ।

रेखा कलौनी (अनु)

 

सम्बन्धित

Comments are closed.