डोटीमा एकै परीवारका ३ जना सहित ४ जनाको मृत्यु

बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु र पाँचजना घाइते भएका छन्। दिपायलबाट खत्याडी जाँदै गरेको म १ च ५५० नम्बरको जिप शनिबार राति १ बजे दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, उनीकी सासू करिब ५५ वर्षीया नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ का करिब ४० वर्षीय हरिनारायण भट्टका साथै बाटोमा ल्याउदै गर्द मुकुन्द अवस्थीको पनी मृत्यु भएको छ ।

यसैगरी दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ का २६ वर्षीय टीकाराम गिरी‚ सोही ठाउँकी ४० वर्षीया खेमादेवी गिरी र मृतक मञ्जुका तीन वर्षीय छोरा घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलबाट घाइतेको उद्धार तथा मृतकको शव सङ्कलनको कार्य जारी रहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

सम्बन्धित

Comments are closed.