दार्चुला जिल्लामा ट्रक दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु

दार्चुला  जिल्लामा ट्रक दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु भएको छ । गोकुलेश्वर बाट सदरमुकाम खलंगा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गएराती १० बजे मालिकार्जुन गाउपालिका १ भर्ताेला भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षिय शेर सिह कार्की रहेका छन् भने अन्य दुई जनाको परिचय खुल्न भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्ल सकेको छैन ।

सम्बन्धित

Comments are closed.