सुदुरपश्चिम प्रदेशमा बुधवार १ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बैतडीका १० स्थानीय तहमध्ये ४ स्थानीय तह हाललाई कोरोनाका सक्रिय संक्रमितमुक्त

महेन्द्रनगर, २४ मंसिर
सुदुरपश्चिम प्रदेशमा बुधवार १ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदुरपश्चिम प्रदेशका चार ओटा प्रयोगशालमा भएको परीक्षणमा १ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधवार सुदुरपश्चिम प्रदेशका चार ओटा प्रयोगशाला भएको परीक्षणमा सबैभन्दा बढि कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

   सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ४१ जना सहित सुदूरपश्चिम प्रदेशका थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उहाका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३६ जना, गोदावरी नगरपालिकाका दुई जना, कैलारी गाउँपालिकाका दुई जना र टीकापुर नगरपालिकाका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका पाँच जना, वेदकोट नगरपालिकाका तीन जना, कृष्णपुर नगरपालिकाका एक जना र अछामको मंगलसेन नगरपालिकाका एक जना गरी ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनु भयो । यसैविच डडेल्धुरा अस्पतालमा बुधवार भएको परीक्षणमा २२ जनामा, जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा ५ जनामा र अछामको कमलबजार नगरपालिकामा रहेको प्रयोगशालामा भएको परीक्षणमा ४६ जनामा गरी कुल १ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

   यसरी बुधवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका ४१ जना, कञ्चनपुरका ९ जना, अछामका ४४ जना, बैतडीका ५ जना, बाजुराका ३ जना र डडेल्धुराका २२ जना रहेका छन् । सुदुरपश्चिम प्रदेशमा बुधवार १ सय २४ जना कोरोना संक्रमित थपिएसंगै कुल कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ९९ जना पुगेको छ । तीमध्ये ९ हजार ६ सय ७६ जना कोरोनामुक्त भइसकेका छन् भने कोरोनाका संक्रिय संक्रमितको संख्या २ हजार २ सय ८१ जना रहेका सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदुरपश्चिम प्रदेशमा हालसम्म ४२ जना कोरोना संक्रमितले भने ज्यान गुमाइ सकेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.