लैगिंक नीति कानुन निर्माण र कार्यान्वयनमा संवाद कार्यक्रम सम्पन्न

लैगिंक नीति कानुन निर्माण र कार्यान्वयनमा संवाद कार्यक्रम सम्पन्न
महेन्द्रनगर, २६ मंसिर
कञ्चनपुरमा लैङ्गगिक नीति कानुन निर्माण र कार्यान्वयनमा संवाद कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको सभाहलमा संवाद समुह कञ्चनपुरको आयोजनामा लैङ्गकि नीति कानुन निर्माण र कार्यान्वयनमा संवाद कार्यक्रम सम्पन्न भएको हो । संवाद समुहका सदस्य मञ्जु सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट रहनु भएको थियो ।

 कार्यक्रममा बोल्ने वक्ताहरुले लैगिंक हिशां अन्त्य गरी लैगिंक नीति कानुन निर्माण भएर मात्रै नहुने भएकाले त्यसको कार्यान्वयनमा जोड दिनु पर्ने बताएका छन् । कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले समावेशी समाजको निर्माणका लागि नगरपालिकाले विभिन्न ऐन, कानुनहरु निर्माण गरी कार्यान्वयन गरीरहेको बताउनु भयो । संवाद समुह जस्ता स्वतन्त्र निकाय तथा अन्य सरोकारवाला निकायहरुले लैंगिक समानता कायम गराउनका लागि महत्वपुर्ण सहयोग गरी रहेको बताउदै नगर प्रमुख बिष्टले नगरपालिकाले त्यसमा योजनाका साथ काम गरी रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकामा रहेको न्यायिक समितिका सदस्य सन्तोषी ऐरीले लैगिंक हिशां लगायतको विभेदको अन्त्यका लागि कानुन पर्याप्त भएपनि कार्यान्वयनमा जटिलता भएको बताउनु भयो ।

 संवादको अभावमा कानुनको कार्यान्वयनमा समस्या देखिएको बताउदै न्यायिक समिति सदस्य ऐरीले त्यसका लागि सम्पुर्ण सरोकारवालाहरुको साथ आवश्यक हुने बताउनु भयो । कार्यक्रममा सहभागी भीमदत्त नगरपालिकामा कार्यरत सामाजिक विकास अधिकृत गोमा अवस्थीले लैगिंक हिशांको अन्त्य गरी समतामुलक समाजको निर्माण गर्न व्यक्तिको स्वभावमा परिर्वतन हुन आवश्यक रहेको बताउनु भयो ।

 संवाद समुहका सहजकर्ता तथा प्रशिक्षक तुलसी जोशीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा कञ्चनपुरको भीमदत्त नगरपालिकाको सामाजिक विकाश शाखाका प्रमुख हरीदत्त जोशी, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुुरका अध्यक्ष एवम् संवाद समुह कञ्चनपुरका सदस्य बिष्णुदत्त अवस्थी, संवाद समुहका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.