प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण बारे कञ्चनपुरका जनप्रतिनिधीसंग छलफल

प्राकृतिक स्रोत सम्बन्धी विवाद सम्वादका माध्यमबाट समाधानमा जोड

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण बारे कञ्चनपुरका जनप्रतिनिधीसंग छलफल
महेन्द्रनगर, २९ मंसिर
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण बारे कञ्चनपुरका जनप्रतिनिधीसंग छलफल गरिएको छ । सोमबार प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कञ्चनपुरले कञ्चनपुरका जनप्रतिनिधीसंग प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण बारे छलफल गरेको हो ।

 छलफलमा कञ्चनपुरका जनप्रतिनिधीले तीनै सरकार, स्थानीय तह, प्रदेश, संघ र अन्तर स्थानीय तहविच देखिएका प्राकृतिक स्रोत सम्बन्धी विवाद सम्वादका माध्यमबाट समाधानमा जोड दिएका छन । कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कञ्चनपुरका जिल्ला संयोजक लक्ष्मी साउदले दुई बर्षको कार्यक्तम बारे जानकारी दिदै, आगामी दुई बर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीले संघीय संरचना आएसंगै प्राकृतिक स्रोत साधनमाथि देखिएको विवाद समाधानका लागि सम्वाद समुहको खाचो औल्याउनु भयो । प्रदेश सभा सदस्य जोशीले वन ऐन ल्याएर प्राकृतिक विवाद समाधान गरिने बताउनु भयो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधिश शिवलाल पाण्डेयले न्यायिक विवेन्द्रीकरण अनुरुप स्थानीय तहलाई दिएको न्यायिक अधिकार कार्यान्वयनमा जोड दिनु भयो ।

 जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चनपुरका पालिका प्रमुख, उप प्रमुख, वनका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कञ्चनपुरका सहजकर्ता धर्मानन्द पन्तले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.