चिनि सहित २ लाख ५ हजार बराबरको अबैध सामानहरु बरामद

कञ्चनपुर  जिल्लामा २ लाख बढीको अबैध सामानहरु बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले चिनि सहित २ लाख ५ हजार बराबरको अबैध सामानहरु बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीको कमाण्डमा खटिएको टोलीले उक्त अबैध सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिए ।

भीमदत्त नगरपालिकाको जिमुवा, ऐरीघाट क्षेत्रबाट भन्सार छली ल्याउँदै गरेको अबस्थामा चिनी, हार्डवयरका समान र प्लाष्टिकका डोरीहरु फेला परेका हुन् ।

बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाईएको छ ।

सम्बन्धित

Comments are closed.