वैज्ञानिक वन व्यवस्थापन लागु भएका कञ्चनपुरका सामुदायिक वनमा पुर्नरुत्पादन हुदै,

  वैज्ञानिक वन व्यवस्थापन लागु भएका कञ्चनपुरका सामुदायिक वनमा पुर्नरुत्पादन हुन थालेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले वैज्ञानिक वन व्यवस्थापन लागु भएका वनमा विभिन्न प्रजातिका बिरुवा स्वत प्राकृतिक रुपमा आफै उम्रीरहेको जनाएको छ ।

समुदायको आवश्यकता अनुसार दिगो वन व्यवस्थापन एवंम् वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजनल अधिकृत अजय विक्रम मानन्धरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका सामुदायिक वन कृष्ण सामुदायिक वन, बैजनाथ सामुदायिक वन, हरियाली सामुदायिक वन, महाकाली सामुदायिक वन लगायतका सामुदायिक वनमा पुर्नरुत्पादन भईरहेको बताउनु भयो ।

   आर्थिक समाजिक एव वातावरणीय दृष्ट्रिकोणबाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु गरिएको बताउदै उहाले सर्पट कटानी नभई बाली चक्र्रिय प्रणाली अन्र्तरगत कार्यक्रम लागु गरिएको बताउनु भयो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका वनमा सामुदायिक वनमा ८० बर्ष भन्दा माथिका रुख काटेर नयाँ बिरुवा पुर्नरुत्पादन गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजनल अधिकृत अजय विक्रम मानन्धरले बताउनु भयो ।

वैज्ञानिक वन व्यवस्थापन बारे बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा संचारकर्मीसंग छलफल गर्दै डिभिजनल अधिकृत मानन्धरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु हुनुपर्नेमा जोड दिनु भयो ।

  बजारमा काठको आवश्यकता भईरहेकाले भएको काठ कुहिने र विदेशबाट लाखौँका काठ आयात गर्नुपर्ने बाध्यता रहेकाले वैज्ञानिक वन व्यवस्थापन लागु हुनुपर्नेमा जोड दिनु भयो । सम्वृद्धिका लागि वन आवश्यक रहेको उहाको सुुझाव छ ।

वन अधिकृत गणेश ठगुन्नाले वैज्ञानिक वन व्यवस्थापन बारे अफवाह फैलाएका कारण कार्यक्रम संचालनमा चुनौती रहेको बताउनु भयो । इमान्दाररितापुर्वक वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढाउँदै समुदायको आवश्यकता पुरा गर्नुपर्नेवन अधिकृत ठगुन्नाले बताउनु भयो । वैज्ञानिक वन व्यवस्थापन बारे सबैले बुझ्नुपर्ने उहाको सुझाव छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.