सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको चौराहामा जिल्ला ट्राफिक प्रहरी कार्यालयद्धारा ट्राफिक डमी राखीयो
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको चौराहामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक डमी राखेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरणको लागि भन्दै ट्राफिक प्रहरीले चौराहामा ट्राफिक डमी राखेको हो । सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाबाट प्राप्त ट्राफिक डमी धनगढी स्थित ट्राफिक चौराहामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बिरेन्द्र बोहराले लेन अनुशासन कायम गर्न ट्राफिक डमीले महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिनु भयो ।
उहाले टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने र ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने बताउनु भयो । लेन अनुशासन कायम गर्ने, ट्राफिक नियमको पालना गर्ने र सवारी दुर्घटना न्यनिकरणमा पनि सहयोग पुग्ने अपेक्षा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बोहराको भनाई छ । धनगढीका अन्य स्थानमा पनि ट्राफिक डमी राख्न र गोप्रो क्यामराको लागि धनगढी उपमहानगरपालिकासँग समन्वय गरिएको छ ।
धनगढीको व्यस्त हुने चौराहामा डमीबाट सवारी चालकलाई मात्र होइन पैदलयात्रीलाई समेत ट्राफिक नियमबारे सचेतना जगाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ । ट्राफिक प्रहरीको अभाव अब यिनै डमीले पूरा गर्ने छन । ट्राफिक चौराहामा राखिएको डमीमा ट्राफिक नियम उल्लघंन गरेमा रु ५०० देखि रु १० हजार सम्म जरिवाना हुनसक्छ लेखिएको छ ।
Comments are closed.