सुदुरपश्चिम प्रदेशमा शुक्रवार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सुदुरपश्चिम प्रदेशमा  शुक्रवार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।         सुदुरपश्चिम प्रदेशमा रहेका तीन ओटा प्रयोगशालामा भएको परीक्षणमा आज ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शुक्रवार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ४४ जना, डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा १६ जना र अछामको कमलबजार नगरपालिकामा रहेको प्रयोगशालामा भएको परीक्षणमा १२ जनामा गरी ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलका अनुसार शुक्रवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका २८ जना, कञ्चनपुरका ८ जना, अछामका १२ जना, बाजुराका ३ जना, डडेल्धुराका १८ जना, दार्चुला र डोटीका १÷१ जना रहेका छन् । यस्तै अन्य जिल्लाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शुक्रवार ७२ जना कोरोना संक्रमित थपिएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ७ सय ५९ जना पुगेको छ । तीमध्ये १० हजार १ सय ४७ जना कोरोनामुक्त भएका छन् भने २ हजार ५ सय ६६ जना कोरोना संक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म सुदुरपश्चिम प्रदेशमा ४६ जना कोरोना संक्रमितको ज्यान गएको छ

सम्बन्धित

Leave A Reply

Your email address will not be published.