लैगिंक नीति कानुन निर्माण र कार्यान्वयनमा संवाद कार्यक्रम शुक्लाफाँटा न.पा.मा सम्पन्न
महेन्द्रनगर, ४ पौष
लैगिंक नीति कानुन निर्माण र कार्यान्वयनमा संवाद कार्यक्रम कञ्चनपुरमा शनिवार सम्पन्न भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर १० मुक्ति शिविरमा संवाद समुह कञ्चनपुरको आयोजनामा लैगिंक नीति कानुन निर्माण र कार्यान्वयनमा संवाद कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर रहनु भएको थियो भने विशिष्ट अतिथि विश्व हिन्दु महासंघका उपाध्यक्ष तथा रुडुक नेपालका केन्द्रिय महासचिव जोत्सना साउद रहनु भएको थियो । कार्यक्रममा बोल्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले लैगिंक नीति तथा ऐन कानुन बनाउने बताउनु भयो । हालसम्म शुक्लाफाँटा नगरपालिकामा लैगिंक नीति कानुन नबनाइएको बताउदै नगर प्रमुख ऐरले अब भने तत्कालै विधान समिति गठन गरी लैगिंक नीति कानुन बनाइने बताउनु भयो । संवाद समुह जस्तो सामाजिक संस्थाले यसरी झकझाउदा झनै उत्साह बढाएको बताउदै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले लैगिंक हिशां न्युनिकरणका लागि समेत यससम्बन्धी कानुन आवश्यक रहेकाले आफुहरुले चाडै कानुन तयार पार्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि विश्व हिन्दु महासंघका उपाध्यक्ष तथा रुडुक नेपालका केन्द्रिय महासचिव जोत्सना साउदले लैगिंक नीति तथा कानुन निर्माण गर्दा समतामुलक तरिकाले निर्माण गरेमा त्यसमा सबैले अपनत्व स्वीकार गर्ने बताउदै कानुन निर्माण गर्दा कानुनका जानकारहरुको सहायता लिनुपर्नेमा जोड दिनु भयो । तल्लो तहबाट नै लैगिंक हिशां अन्त्यका लागि पहल हुन आवश्यक रहेको बताउदै उहाले यसका लागि सबै समुदायको समान सहभागिता हुनुपर्ने बताउनु भयो । समतामुलक समाजको निर्माण गर्नका लागि लैगिंक नीति कानुन अनिवार्य रहेको र यसको कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवालाहरुले ध्यान दिन आवश्यक रहेको कार्यक्रमका विशिष्ट अतिथि विश्व हिन्दु महासंघका उपाध्यक्ष तथा रुडुक नेपालका केन्द्रिय महासचिव जोत्सना साउदले बताउनु भयो । संवाद समुहले गरी रहेका संवादका कार्यहरुको प्रशसा गर्दै उहाले यस्ता कार्यहरुले विवाद न्युनीकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरी रहेको बताउनु भयो । कार्यक्रमको उद्येश्यका बारेमा र संवादका विषयमा संवाद समुह कञ्चनपुरका प्रशिक्षक तथा सहजकर्ता तुलसी जोशीले प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संवाद समुह कञ्चनपुरका सदस्य बिमला चौधरीले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संवाद समुह कञ्चनपुरका सदस्य मधु बोहराले गर्नु भएको थियो ।
कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगत बहादुर सिंह, शुक्लाफाँटा नगरपालिकाको कार्यपालिकाका सदस्यहरु, शुक्लाफाँटा नगरपालिकामा रहेको न्यायिक समितिका सदस्यहरु, समाजसेवी, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।