सुदुरपश्चिम प्रदेशमा आइतवार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

महेन्द्रनगर, ५ पौष
सुदुरपश्चिम प्रदेशमा आइतवार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुदुरपश्चिम प्रदेशका विभिन्न तीन ओटा प्रयोगशालामा भएको परीक्षणमा ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

   कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ५६ जनामा, जिल्ला अस्पताल बैतडीमा रहेको प्रयोगशालामा भएको परीक्षणमा १ जनामा र अछामको कमलबजार नगरपालिकामा रहेको प्रयोगशालामा भएको परीक्षणमा १५ जनामा गरी कुल ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका ४६ जना, कञ्चनपुरका ११ जना, अछामका ११ जना, बैतडीका २ जना र अन्य जिल्लाका २ जना रहेका छन् ।

      योसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ८ सय ८० जना पुगेको छ । तीमध्ये १० हजार ३ सय २१ जना कोरोनामुक्त भइसकेका छन् भने २ हजार ५ सय १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । हालसम्म सुदुरपश्चिम प्रदेशमा ४७ जना कोरोना संक्रमितको भने ज्यान गइ सकेको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Comments are closed.