संसद विघटनको नागरीक समाजका अगुवाहरुद्धारा विरोध

महेन्द्रनगर, ६ पौष
संसद विघटन गरिएसंगै विभिन्न क्षेत्रबाट त्यसको विरोध भएको छ । यसैविच नागरिक समाज कञ्चनपुरले समेत प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गरेको छ । नागरिक समाज कञ्चनपुरका केही अगुवाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले अघि सारेको कदमको भत्र्सना एव विरोध गरेका हुन ।

   प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट बिना परामर्श गरि तुरुन्तै प्रतिनिधी सभा विघटनको सिफारिसलाई स्वीकृत गरेको प्रति नागरिक समाज कञ्चनपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री ओलीको गैर सम्वैधानिक गैर लोकतान्त्रिक कदमले नागरिकको जमतको घोर अपमान भएको ठहर गरेको छ ।

  नागरिक समाज कञ्चनपुरका संयोजक नर बहादुर साउद, नरेश सिलाल, राजमती जोशी, दुर्गा उपाध्याय, सीता बोहरा, डम्बरी विष्ट, उपेन्द्र बहादुर खडायत, नितु भट्ट(भण्डारी), अन्जु भट्ट(जोशी)ले हस्ताक्षर गरेको विज्ञप्तीमा राजनीतिक अन्यौलताको अवस्थामा आम नागरिक एवंम राजनीतिक दललाई संयमित हुन समयानुकुल कदम चाल्न अपिल गरेको छ ।

सम्बन्धित

Comments are closed.