कोरोना संक्रमितलाई आईसोलेशन पठाउन नगरप्रमुख वडको आग्रह

धनगढी, ७ पुस
कैलालीको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले होम आईसोलेशनमा बस्न समस्या भएका कोरोना संक्रमितलाई धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएको आईसोलेशनमा बस्न आग्रह गर्नु भएको छ । मंगलबार होपब्रीज संस्थाको सहयोगमा धनगढी उप–महानगरपालिकाले आयोजना गरेको महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाको बैठकमा बोल्दै उहाले सो आग्रह गर्नु भएको हो ।

  होम आईसोलेशन बस्न साघुरो छ, एउटै सौचालय प्रयोग गर्नुपर्ने अवस्था छ भने त्यस्ता संक्रमितहरुलाई धनगढी उप–महानगरपालिकाको आईसोलेशनमा पठाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुसंग नगर प्रमुख वडले अनुरोध गर्नु भयो । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ जडिबुटी प्रशोधन केन्द्रमा व्यबस्थीत आईसोलेशन स्थापना गरेका बताउदै नगर प्रमुख वडले त्यहाँ महिला र पुरुषका लागि छुट्टै आईसोलेशन रहेको जानकारी दिनु भयो ।

  धनगढी उप–महानगरपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीले कोरोना महामारीको समयमा धनगढी उप–महानगरपालिकाले नमुना काम गरेको बताउनु भयो । प्रवत्ता मुडभरीले धनगढी उप–महानगरपालिकाले देशमै नमुना महिला आईसोलेशनको व्यबस्था गरेको पनि बताउनु भयो । धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी उपाध्यायले महिला स्वासथ्य स्वयंसेविकाहरुलाई कोरोना रोकथाम, परीक्षणका बिषयमा बढी भन्दा बढी प्रचारप्रशार गर्न आग्रह गर्नु भयो । कार्यक्रममा होपब्रीज संस्थाले महिला स्वास्थ्य स्वसंसेविकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रमको सहजीकरण होपब्रीज संस्थाका सुदूरपश्चिम संयोजक महेन्द्र बमले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.