धनगढी, ७ पुस
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १६ का जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई मंगलबार न्यानो कपडा वितरण गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र वडा नं १६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले वडामा रहेका ४ सय २५ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई जाडोमा ओढ्नका लागि कम्वल वितरण गरेका हुन । जाडोको सबैभन्दा बढी प्रभाव जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई पर्ने भएकाले उहाँहरुलाई राहत पुगोस भनेर कम्वल वितरण गरेका धनगढी उपमहानगरपालिकाका नगरप्रमुख वडले बताउनु भयो । धनगढी उप–महानगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख वडले बताउनु भयो । ज्येष्ठ नागरिकका लागि फुलवारीमा ठूलो भवन निर्माण गरेका बताउदै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख वडले उप–महानगरपालिकाका ३ हजार ५ सय जना भन्दा बढीलाई आयआर्जनका लागि सिपमुलक तालिम संचालन गरिसकिएको बताउनु भयो । नगरप्रमुख वडले अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि राहत पुग्ने कार्यक्रमहरु संचालन गरिरहेको बताउनु भयो । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष लक्ष्मी नारायण चौधरीले जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई न्यानो लुगा वितरण गर्नका लागि वडा कार्यालयबाट बजेट बिनियोजन गरेको बताउनु भयो ।
Comments are closed.