बुधवार सुदुरपश्चिम प्रदेशमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

महेन्द्रनगर, ८ पौष
बुधवार सुदुरपश्चिम प्रदेशमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुदुरपश्चिम प्रदेशका चार ओटा प्रयोगशालामा भएको परीक्षणमा ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा ८५ जनामा, डडेल्धुरा अस्पतालमा रहेको प्रयोशालामा भएको परीक्षणमा ५ जनामा, जिल्ला अस्पताल बझाङमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ३ जनामा र अछामको कमलबजार नगरपालिकामा रहेको प्रयोशालामा भएको परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनु भयो ।

  यस्तै सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाका अनुसार ३ सय ५३ जनाको स्वावको नमूना परीक्षण गर्दा कैलालीका ४४ जना र कञ्चनपुरका ४१ जना सहित सुदूरपश्चिम प्रदेशका थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनु भयो ।

  यस्तै कैलालीकै गोदावरी नगरपालिकाका १६ जना र गौरीगंगा नगरपालिकाका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २० जना, बेलौरी नगरपालिकाका १३ जना, शुक्लाफाँटा नगरपालिकाका ४ जना, वेदकोट नगरपालिकाका ३ जना र ठेगाना नखुलेका १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.