सबैले सकारात्मक भुमिका निर्वाह गर्न आवश्यक ः संवाद समुह कञ्चनपुर
महेन्द्रनगर, ९ पौष
नेपालमा पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रमहरुले निम्त्याउन सक्ने अप्रिय घटनाहरु घटन् नपाउन भन्नका लागि सम्पुर्ण सरोकारवालाहरुले सकारात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको संवाद समुह कञ्चनपुरले जनाएको छ ।
संवाद समुह कञ्चनपुरको बुधवार बसेको बैठकले सरोकारवालाहरुसंग यस विषयमा आगामी दिनमा संवाद गर्दै जाने निर्णय गरेको संवाद समुह कञ्चनपुरका प्रशिक्षक एवम् सहजकर्ता तुलसी जोशीले जानकारी दिनु भयो । उहाका अनुसार बुधवारको आकस्मिक बैठकले सञ्चारकर्मी, नागरीक समाजका अगुवा, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु तथा अन्य सरोकारवालाहरुसंग छलफल गर्ने निर्णय समेत गरिएको छ ।
पछिल्ला राजनीतिक घटनाक्रमहरुको फलस्वरुप विभिन्न किसिमका समस्याहरु देखिन सक्ने भएकाले त्यस्ता किसिमका समस्याहरु नहुन भन्नका लागि सरोकारवाला सम्पुर्ण पक्षहरु तथा सर्वसाधारण नागरीकलाई संवाद समुह कञ्चनपुरले अनुरोध गरेको छ । अहिलेको विषम परिस्थितिमा सम्पुर्ण सरोकारवालाहरुले संयमता अपनाउन आवश्यक रहेकाले सबैले राष्ट्रियता, सार्वभौमताको सम्मान र रक्षा एकजुट हुन आवश्यक रहेको संवाद समुह कञ्चनपुरले जनाएको छ ।
Comments are closed.