वर्तमान सरकारले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्न सकेन : पुर्वमन्त्री साउद

वर्तमान सरकारले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्न सकेन : पुर्वमन्त्री साउद
महेन्द्रनगर, १० पौष
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले वर्तमान सरकारले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्न नसकेको बताउनु भएको छ । वर्तमान सरकारले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात नगरेको हुनाले नै अहिले देश गम्भीर संकटमा परेको उहाले बताउनु भएको छ ।

 शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आयोजित नेपाली काग्रेसको बृहत कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाले सो कुरा बताउनु भएको हो । साथै पुर्व मन्त्री साउदले वर्तमान सरकारको नेतृत्व गरी रहेकाहरुले पनि लोकतन्त्रमाथि विश्वास नगरेको हुनाले नै संसद विघटन गरिएको बताउनु भयो । वामपन्थीहरुका कारण देश संकटमा परेकाले अब नेपाली काग्रेसले शान्तिपुर्ण ढंगबाट दबाबमुलक कार्यक्रम गर्ने पुर्वमन्त्री साउदले बताउनु भयो ।

 नेपाली काग्रेस शुक्लाफाँटा नगर कार्य समितिकिा सभापति जय बहादुर बिष्टको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी साउद रहनु भएको थियो । कार्यक्रममा पुर्व राज्यमन्त्री गोविन्द बहादुर शाह, संविधान सभा सदस्य बहादुरसिंह थापा, नेपाली काग्रेस कञ्चनपुरका जिल्ला सभापति हरी प्रसाद बोहरा, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादर ऐर लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको सभागिता रहेको थियो ।

 कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान नेकपा नेतृत्वको सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको बताउदै संसद विघटन गरेर देशलाई हानि पु¥याएको बताएका छन् । देशमा विद्यमान समस्याहरु समाधानका लागि पहल गर्नुको सट्टा पार्टीगत तथा गुटगत राजनीतिक खिचातानीमा लागेको वक्ताहरुले बताएका हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.