शुक्रवार४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा शुक्रवार भएको परीक्षणमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार २ सय ६२ जनाको स्वावको नमुना परीक्षण गर्दा ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।

 शुक्रवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका १५ जना, गौरीगंगा नगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ४ जना रहेका छन् । यस्तै कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका ८ जना, वेदकोट नगरपालिकाका ५ जना, भीमदत्त नगरपालिकाका ३ जना र बझाङका १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.