नेपाली काग्रेसको बृहत कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न
महेन्द्रनगर, ११ पौष
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले संसद विघटन गरेर सरकारले अलोकतान्त्रिक र असंवैधानिक कार्य गरेको बताउनु भएको छ ।
शनिवार कञ्चनपुरको वेदकोट नगरपालिकामा आयोजित नेपाली काग्रेसको बृहत कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाले सो कुरा बताउनु भएको हो । साथै पुर्व मन्त्री साउदले संसद विघटन विरुद्ध सर्वाेच्चमा रिट परेको यो अवस्थामा अदालतले गरेको निर्णय नेपाली काग्रेसले मान्ने बताउनु भयो । नेकपा नेतृत्वको वर्तमान सरकारको दम्भका कारण आज मुलुक संकटमा परेको बताउनु भयो ।
नेपाली काग्रेस वेदकोट नगर कार्य समितिका सभापति पुष्पराज भट्टको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी साउद रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथिहरुमा पुर्व राज्यमन्त्री गोविन्द बहादुर शाह, संविधान सभा सदस्य बहादुरसिंह थापा, पुर्व सासंद बाशुदेव भट्ट, नेपाली काग्रेस कञ्चनपुरका जिल्ला सभापति हरी प्रसाद बोहरा, विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम् रुडुक नेपालका केन्द्रिय महासचिव जोत्सना साउद लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको सभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बहादुरसिंह थापाले विधिको शासन अनुसार सरकारल सञ्चालन नहुदा देश गम्भीर दुर्घटना परेको बताउनु भयो । संसद विघटन गरेर सरकारले गलत काम गरेको संविधान सभा सदस्य थापाको भनाई छ । यस्तै पुर्व राज्यमन्त्री गोविन्द बहादुर शाहले संसद विघटन गरेर सरकारले जनताको सार्वभौमसत्ताको अपमान गरेको बताउनु भयो । नेपाली काग्रेस लोकतन्त्रको पक्षधर भएको बताउदै पुर्वारज्य मन्त्री शाहले वर्तमान सरकारले भने लोकतान्त्रिक तरिकाले कार्य गर्न नसकेको बताउनु भयो ।
Comments are closed.