नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाको १८ औं वार्षिक उपशाखा सभा शनिवार सम्पन्न

 कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७मा रहेको  नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाको १८ औं वार्षिक उपशाखा सभा शनिवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाका सभापति भरत बहादुर रोकायाको सभापतित्वमा सम्पन्न भएको उपशाखा सभाका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका उपसभापति मञ्जु दाहाल रहनु भएको थियो भने विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका शाखाका उपभापति नर बहादुर राना रहनु भएको थियो ।

 कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ७का वडाअध्यक्ष बीर बहादुर डगौरा नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाका पदाधिकारीहरु, साधारण सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । सो उपशाखा सभामा आर्थिक वर्ष २०७६÷७७को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाको आर्थिक वर्ष २०७६÷७७को १६ लाख ९० हजार १ सय ४३ रुपैया ९८ पैसाको आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.