शनिवार सुदूरपश्चिम प्रदेशका थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 शनिवार सुदूरपश्चिम प्रदेशका थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा शनिबार २ सय ८१ जनाको स्वावको नमूना परीक्षण गर्दा कैलालीका ४१ जनाअ सहित सुदूरपश्चिम प्रदेशका थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शनिवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका २७ जना, कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका ३÷३ जना र ठेगाना नखुलेका १ जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो । यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकाका १÷१ जनामा समेत कोरोना भाइरसको संक्रमण्न पुष्टि भएको सेती प्रादेशिक पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.