सरोकारवाला सम्पुर्ण पक्ष जिम्मेवार हुन आवश्यक : संवाद समुह कञ्चनपुर

सरोकारवाला सम्पुर्ण पक्ष जिम्मेवार हुन आवश्यक : संवाद समुह कञ्चनपुर
महेन्द्रनगर, १२ पौष
नेपालमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमहरुले सिर्जना गर्न सक्ने अप्रिय घटनाहरु नहुन भन्नका लागि सम्पुर्ण सरोकारवाला पक्षहरुले आआफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेको कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

 आइतवार संवाद समुह कञ्चनपुरले पत्रकार महासंघ कञ्चनपुर शाखामा आवद्ध सक्रिय पत्रकारहरुसंग अन्र्तक्रिया गर्न आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान विषम परिस्थितिका विषयमा आआफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् । अहिलेको यस संकटको घडीमा पत्रकारहरुले समाचार तथा अन्य सामाग्रीहरु प्रकाशन तथा प्रसारण गर्दा निकै संवेदनशील हुन आवश्यक रहेको संवाद समुह कञ्चनपुरका प्रशिक्षक तथा सहजकर्ता तुलसी जोशीले बताउनु भयो । कार्यक्रमको उद्येश्यका विषयमा प्रकाश पार्दै संवाद समुहका प्रशिक्षक जोशीले पत्रकारहरुले तथा अन्य सरोकारवाल पक्षहरुले उत्तेजनामा आएर कार्य गर्न नहुने बताउदै यो बेला सबै पक्षको साथ सहयोग आवश्यक रहने बताउनु भयो । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष एवम् संवाद समुह कञ्चनपुरका सदस्य विष्णुदत्त अवस्थीले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरसंग आवद्ध सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

 सो कार्यक्रममा धारणा राख्दै पत्रकारहरुले आफुहरु सदैव विषम परिस्थितिको संवेदनशीलतालाई बुझेरै अघि बढि रहेका बताउदै आगामी दिनमा पनि आफुहरुले आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.