कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको अज्ञात समूहले हत्या गरेको

 कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको अज्ञात समूहले हत्या गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का हिरापुरकी खण्टी भुलको हत्या भएको हो । घरमा एक्लै बस्ने वृद्धाको हत्या भएको अवस्थामा आइतबार दिउँसो घरभित्रै शव फेला परेको प्रहरीले जनाएको छ ।

 वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताउनु भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक खण्टी भुलका भाइ हिरे भुलका अनुसार, खण्टी भुलले सधैंजसो नाक, कान र घाँटीमा तीन तोला जतिका सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुन सक्ने आशङ्का गर्नु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.