सुदुुरपश्चिम प्रदेशमा आइतवार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशाला, जिल्ला अस्पताल बझाङमा रहेको प्रयोगशाला र अछामको कमलबजार नगरपालिकामा रहेको प्रयोगशालामा आइतवार भएको परीक्षणमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आइतवार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ५६ जनामा, जिल्ला अस्पताल बझाङमा रहेको प्रयोगशाला भएको परीक्षणमा ५ जनामा र अछामको कमलबजार नगरपालिकामा रहेको प्रयोगशालामा भएको परीक्षणमा १ जनामा गरी कुल ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुुदुुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । आइतवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका ३३ जना, कञ्चनपुरका २४ जना, अछामका १ जना र बझाङका ४ जना रहेका छन् ।
सुुदुरपश्चिम प्रदेशमा आइतवार थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै सुुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय ६० जना पुगेको छ । तीमध्ये १० हजार ७ सय ६७ जना कोरोनामुक्त भइसकेका छन् भने कोरोनाका संक्रिय संक्रमित २ हजार ५ सय ४३ जना रहेका छन् । सुुदुरपश्चिम प्रदेशमा हालसम्म ५० जना कोरोना संक्रमितको भने ज्याइ सकेको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।