कञ्चनपुरको वेदकोट नगरपालिकामा आइतवार एक दिने निशुल्क पशुहरुको बाझोपन निवारण तथा पशु उपचार शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको पशु सेवा शाखाको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा करीब २ हजार ७ सय पशु वस्तुलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
सो शिविरमा वेदकोट नगरपालिका वडा नम्बर ४, ५ र ६ का वडावासीहरुका पशुवस्तुको स्वास्थ्य उपचार गरिएको वेदकोट नगरपालिका पशु विकास शाखाका प्रमुख पशु स्वास्थ्य अधिकृत तर्कराज भट्टले जानकारी दिनु भयो । उहाका अनुसार वेदकोट नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको उक्त शिविरमा निशुल्क पशु वस्तुको स्वास्थ्य परिक्षण तथा उपचार गरिनुका साथै निशुल्क औषधी समेत वितरण गरिएको हो ।
उक्त एक दिने निशुल्क पशुहरुको बाझोपन निवारण तथा पशु उपचार शिविर कञ्चनपुरको वेदकोट नगरपालिका पशु विकास शाखाका प्रमुख पशु स्वास्थ्य अधिकृत तर्कराज भट्टको अध्यक्षतामा सम्पन्न भएको उक्त शिविरका प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गणेश बहादुर विक रहनु भएको थियो ।