कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन
महेन्द्रनगर, १३ पौष
नेपाली काग्रेसले कञ्चनपुरमा पनि तीन ओटै निर्वाचन क्षेत्रमा विरोध ¥याली प्रदर्शन गरेको छ । नेपाली काग्रेसको देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने केन्द्रिय कार्यक्रम अनुसार सोमवार कञ्चनपुरमा पनि बृहत रुपमा विरोध ¥याली प्रदर्शन गरीएको हो ।
विरोध ¥याली प्रदर्शन पश्चात कोण सभाको आयोजना गरिएको थियो । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ स्थित बेलौरी बजारमा भएको कोण सभामा प्रमुख अतिथि संविधान सभा सदस्य दिवानसिंह बिष्ट रहनु भएको थियो भने निर्वाचन क्षेत्र नम्बर २ स्थित शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा आयोजित कोण सभाका प्रमुख अतिथि पुर्वमन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य एनपी साउद रहनु भएको थियो । त्यसैगरी कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित कोण सभाका प्रमुख अतिथि पुर्वमन्त्री एवम् नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश लेखक रहनु भएको थियो । कोण सभामा बोल्ने नेपाली काग्रेसका नेताहरुले वर्तमान सरकारले गरेको ससंद विघटनको कार्य अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन् ।
यसैक्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आयोजित विरोध ¥याली पश्चातको कोण सभामा बोल्दै पुर्वमन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य एनपी साउदले अदालतले गरेको निर्णय मान्ने बताउदै सर्वाेच्च अदालतले गरेको निर्णय नेपाली काग्रेसले मान्ने बताउनु भयो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले आफुले चुनावमा गरेका वाचाहरु पुरा गर्न नसकेकाले अहिले अरुलाई आरोप लगाउन खोजेका बताउनु भयो । पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रममा वर्तमान सरकारको चाल मात्र नभई अन्र्तराष्ट्रिय शक्तिको समेत हात हुन सक्ने भएकाले यसमा नेपाली जनता सजग हुनुपर्ने पुर्वमन्त्री साउदले बताउनु भयो ।
नेपाली काग्रेसले देशभर १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको बताउदै लोकतन्त्रको रक्षाका लागि नेपाली काग्रेसले पहल गर्ने बताउनु भयो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आयोजित कोण सभामा बोल्दै संविधान सभा सदस्य बहादुरसिह थापाले अहिलेको सरकारले गरेको कार्य अलोकतान्त्रिक भएको बताउदै राष्ट्रलाई ओझेलमा पार्नकै लागि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार लागि परेको बताउनु भयो । यस्तै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को महेन्द्रनगरमा आयोजित विरोध सभा पश्ताचको कोण सभामा बोल्दै पुर्वमन्त्री एवम् नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले वर्तमान सरकारले संसद विघटन गरेर देश र जनताको भावनामाथि कुठाराघात गरेको बताउनु भयो ।
संवैधानिक नीति र प्रक्रियालाई बेवास्ता गर्दै सरकारले संसद विघटन गरेको पुर्वमन्त्री लेखकको भनाई छ । उहाले नेपाली काग्रेसले भने सदैव देश र जनताको पक्षमा रहेर काम गर्ने बताउनु भयो । यस्तै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ स्थित बेलौरी बजारमा भएको कोण सभामा बोल्दै संविधान सभा सदस्य दिवानसिंह बिष्टले नेपाली काग्रेस वर्तमान बेथितिको विरुद्धमा सडकमा उत्रिएको बताउनु भयो । वर्तमान सरकारले संविधानको भावना विपरीत संसद विघटन गरेर देशलाई ठुलो समस्यामा पारेको संविधान सभा सदस्य बिष्टको भनाई छ ।
कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा भएका विरोध ¥याली तथा कोण सभामा नेपाली काग्रेसका भातृ संघसंगठनका प्रतिनिधी, नेपाली काग्रेसका नेता, कार्यकर्ता तथा नेपाली काग्रेसका शुभेच्छुकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।