सुुदुरपश्चिम प्रदेशमा सोमवार ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्ला २४ घण्टामा सुदुरपश्चिम प्रदेशका चार ओटा प्रयोगशालामा भएको परीक्षणमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ३६ जनामा, डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा, जिल्ला अस्पताल डोटीमा रहेको प्रयोशालामा भएको परीक्षणमा १ जनामा र अछामको कमलबजार नगरपालिकामा रहेको प्रयोगशालामा भएको परीक्षणमा १ जनामा गरी कुल ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमवार कोरोना पुष्टि हुनेमा कैलालीका २५ जना, कञ्चनपुरका ८ जना, अछामका १ जना, बैतडीका २ जना, बाजुराका १ जना, डोटीका २ जना र डडेल्धुराका १ जना रहेका छन् । सुदुरपश्चिम प्रदेशमा सोमवार थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कुल कोरोना संक्रमितको संख्या १३ हजार ४ सय जना पुगेको छ । तीमध्ये १० हजार ८ सय २३ जना कोरोनामुक्त भइसकेका छन् भने २ हजार ५ सय २७ जना कोरोनाका संक्रिय संक्रमित रहेका सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म सुदुरपश्चिम प्रदेशमा ५० जना कोरोना संक्रमितले ज्यान गुमाइ सकेका छन् । सोमवारसम्म सुदुरपश्चिम प्रदेशमा १ लाख ३० हजार ३ सय ३४ जनाको स्वावको नमुना परीक्षण गरिएकोमा १३ हजार ४ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ सय ९४ स्वावको नमुनाको परीक्षणको नतिजा आउन बाकी रहेको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments are closed.