नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको जनमतको खिल्ली उडाएको बताउनु भएको छ । कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्री ओलीले जनमतको खिल्ली उडाएको आरोप बताउनु भएको हो । सरकार नवउदारवादी बाटोमा गइरहेको बताउदै राणाले, पञ्चायतले, काँग्रेसले नगरेको काम प्रधानमन्त्री ओलीले गरेको बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा उठाएका नारालाई विषय र संविधान सभाका सदस्यहरूले पसिना बगाएर लेखेको नेपालको संविधान माथि बुट बजार्ने अधिकार कसैलाई पनि नरहेको नेता रावलको भनाई छ । यसैविच नेता रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए सुदूरपश्चिम आउन चुनौती दिनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले कैलालीको धनगढीमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए सुदूरपश्चिम आउन चुनौती दिनु भएको हो । नेता रावलले राष्ट्रपतिले गुटको मात्रै संरक्षण गरेको आरोप समेत लगाउनु भयो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसदको विशेष अधिवेशन माग गर्दै आफु ८३ जना प्रतिनिधी सभा सदस्यहरुको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय गएको तर निवेदन दर्ता नगरिएको (नेकपा)को दाहाल–नेपाल समूहका नेता भीम रावलले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपाली सन्तानले बगाएको रगत र पसिना माथि ठुलो खेलबाड गरेको नेता भीम रावलले आरोप लगाउनु भयो । कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले जनताहरूले बहुमत दिएर ५ वर्षका लागि सरकार बनेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गरेर प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउनु भयो । बहुमत पाएको सरकारले जनताको आसा भरोसा माथि ओली खेलबाड गरेको मन्त्री चौधरीको भनाई छ ।
Comments are closed.