प्रतिनिधी सभा विघटन हुनुमा नेकपाका दुवै समुह उत्तिकै जिम्मेवार भएको पुर्वमन्त्री एवम् नेपाली काग्रेसका नेता लेखकको आरोप
पुर्वमन्त्री एवम् नेपाली काग्रेसका नेता रमेश लेखकले ससंद विघटन गरेर वर्तमान सरकारले अलोकतान्त्रिक कार्य गरेको बताउनु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ मा आयोजित संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका पक्षमा जनतासंग अन्र्तक्रिया कार्यक्रममा बोल्दै पुर्वमन्त्री लेखकले सो कुरा बताउनु भएको हो ।
तीन वर्ष अघि २०७४ सालमा चुनावका बेला गरेका वाचा अनुसार वर्तमान सरकारले काम गर्न नसकेको बताउदै नेपाली काग्रेसका नेता लेखकले देशको विकास गर्ने, जनतालाई सुखी बनाउने रोजगारी दिने कुरा अहिले आएर सबै बिर्सेको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राष्ट्रियताको संरक्षण गर्ने भनेर जनतासंग वाचा गरेर गएका नेकपा नेताहरुले अहिले प्रतिनिधी सभा विघटन गरेर देश र जनतामाथि विश्वासघात गरेको पुर्वमन्त्री लेखकको भनाई छ ।
नेकपा अहिले दुइटा समुहमा विभाजन भएको बेला जनताहरुले कुनै एउटा समुह राम्रो अर्काे नराम्रो भनेर झुक्किन नहुने बताउदै पुर्वमन्त्री रमेश लेखकले प्रतिनिधी सभा विघटन हुनुमा दुवै समुह उत्तिकै जिम्मेवार भएको आरोप लगाउनु भयो ।