कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ सिगासका शिविरका अति विपन्न परिवारहरुलाई न्यानो कपडा र पौष्टिक आहार वितरण
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ सिगासका शिविरका अति विपन्न परिवारहरुलाई न्यानो कपडा र पौष्टिक आहार वितरण गरिएको छ । विश्व हिन्दु महासंका केन्द्रिय उपाध्यक्ष जोत्सना साउदको पहलमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ सिगासका शिविरका अति विपन्न परिवारहरुलाई न्यानो कपडाहरु तथा पौष्टिक आहार वितरण गरिएको हो । विभिन्न सामाजिक कार्यमा सक्रिय विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष साउदले चिसोको समयमा चिसो छल्न विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको बताउनु भयो ।
Comments are closed.