सुदुरपश्चिम प्रदेशमा बुधवार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 सुदुरपश्चिम प्रदेशमा बुधवार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुदुरपश्चिम प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधवार कैलालीको धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा ४७ जनामा, डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ३ जनामा, जिल्ला अस्पताल बझाङमा रहेको प्रयोगशालामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

 बुधवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका ३९ जना, कञ्चनपुरका ७ जना, बझाङका १ जना, डडेल्धुराका २ जना र डोटीका २ जना रहेका सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधवार ५१ जना कोरोना संक्रमित थपिएसंगै सुदुरपश्चिम प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ३ जना पुगेको छ । तीमध्ये १० हजार ९ सय ७१ जना कोरोना मुक्त भइसकेका छन् भने २ हजार ४ सय ८१ जना कोरोनाका संक्रिय संक्रमित रहेका सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण ५० जनाको ज्यान गएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.