सुदुरपश्चिम प्रदेशमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 सुदुरपश्चिम प्रदेशमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४६ नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका २८ जना सहित सुदूरपश्चिम प्रदेशका थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

 कैलालीको धनगढी उपमहानगरपालिकाका १६ जना, गोदावरी नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिकाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिका र दोधरा चाँदनी नगरपालिकाका तीन÷तीन जना, भीमदत्त नगरपालिकाका ४ जना, बेलडाडी गाउपालिकाका एक जना, बाजुराका ८ जना र डडेल्धुराका एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.