कञ्चनपुरमा प्रहरीद्धारा अवैध काठ बरामद

 कञ्चनपुरका प्रहरीले अवैध काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले बुधवार राती साढे ८ बजेको समयमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न. १८ बाट अबैध काठको ओसारपसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा न. १८ मामा भान्जा चौक नजिक सडक खण्डबाट अन्दाजी १३ दशमलव ७४ क्यु फिट बराबरको काठ फेला परेको हो ।

 कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने बर्ष ३७ का रमेश चौधरी, सोही ठाउ बस्ने बर्ष २४ का कृष्ण चौधरी र बर्ष ३५ का जयराम चौधरी सवार गोरु गाडालाई रोकी चेकजाँच गर्दा उक्त गोरु गाडामा लोड गरी ल्याएको अबैध सालको काठ गोलिया ११ थान अन्दाजी १३.७४ क्यु फिट बराबरको काठ फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीको लागी डिभिजन बन कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.