४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवश मनाइयो

४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवश मनाइयो

महेन्द्रनगर, १६ पौष
४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवश सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा विविध कार्यक्रम गरी मनाइएको छ । यसैविच नेपाली काग्रेस जिल्ला कार्य समिति कञ्चनपुरको आयोजना कञ्चनपुरमा पनि ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवश अवशरमा विचार गोष्ठी सम्पन्न भएको छ । वर्तमान असहज राजनीतिक परिस्थितिमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको भुमिका विषयक विचार गोष्ठी बिहीवार सम्पन्न भएको हो ।

 नेपाली काग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सभापति हरी प्रसाद बोहराको सभाअध्यक्षतामा सम्पन्न भएको उक्त विचार गोष्ठीमा प्रमुख अतिथि पुर्वमन्त्री एवम् नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश लेखक रहनु भएको थियो । त्यसैगरी नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । विचार गोष्ठीमा बोल्दै पुर्वमन्त्री एवम् नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले वर्तमान असहज राजनैतिक परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको भुमिका महत्वपुर्ण भएको बताउदै नेपाली काग्रेसका संस्थापक अध्यक्ष वीपी कोइरालाका सिद्धान्तहरुलाई व्यवहारमा उर्तान आवश्यक रहेको बताउनु भयो ।

वीपी कोइरालले राष्ट्रिय एकता र मेलमिलापका लागि गर्नु भएको योगदान अतुलनीय रहेको बताउदै पुर्वमन्त्री लेखकले राष्ट्रियताको रक्षाका लागि सबैले लाग्नुपर्ने बताउनु भयो । विचार गोष्ठीमा बोल्ने अन्य वक्ताहरुले पनि वीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापका लागि गर्नु भएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमका नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.