देश र जनताको सार्वभौमसत्ताको रक्षाका लागि पहल गर्नुपर्नेमा जोड

देश र जनताको सार्वभौमसत्ताको रक्षाका लागि पहल गर्नुपर्नेमा जोड
महेन्द्रनगर, १६ पौष
कुनै पक्ष वा समुह भन्दा पनि देश र जनताको सार्वभौमसत्ताको रक्षाका लागि सबैले पहल गर्नुपर्ने कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीवार संवाद समुह कञ्चनपुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्वियु)मा आवद्ध विद्यार्थी, विद्यार्थी नेता तथा युवाहरुसंग गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरामा बताएका हुन् ।

  सो अन्र्तक्रिया कार्यक्रममा सहभागी विद्यार्थी नेता तथा युवाहरुले आगामी दिनमा आपसी समन्वयमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । उहाहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा ताला पनि नलगाउने, सभा सम्मेलन पनि नगर्ने, सामाजिक सञ्जालमा सकारात्मक सन्देश प्रवाह गर्ने र निरन्तर संवाद गरी राख्ने एकरुपता र एकताका लागि आवश्यक सहकार्य र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । सो अन्र्तक्रिया कार्यक्रममा सहभागी युवा तथा अनेराश्वियुमा आवद्ध विद्यार्थीहरुले एकअर्काका विचारलाई सम्मान गर्ने र शान्तिका लागि पैरवी गर्ने समेत प्रतिवद्धता जनाएका छन् । कार्यक्रमको उद्येश्यबारे संवाद समुहका सहजकर्ता गगन खत्रीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको बारेमा जानकारी संवाद समुहका प्रशिक्षक तथा सहजकर्ता तुलसी जोशीले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण भने संवाद समुह कञ्चनपुरका सदस्य विष्णुदत्त अवस्थीले गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले आगामी दिनमा सार्वभौमसत्ता र राष्ट्रिय एकतालाई जोगाउनलागि सबैले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.