कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ मा निशुल्क रेविज विरुद्ध खोप सेवा प्रदान

  कञ्चनपुरको वेदकोट नगरपालिकामा सञ्चालित निशुल्क रेविज विरुद्धको खोप लगाउने अभियान अन्र्तगत वडा नम्बर ३ मा निशुल्क खोप सेवा प्रदान गरिएको छ । वेदकोट नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रम अनुसार वेदकोट नगरपालिकाका १० वटै वडाहरुमा रेविज विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरीएको वेदकोट नगरपालिकाको पशु सेवा शाखाका प्रमुख तर्कराज भट्टले बताउनु भयो ।

 उहाका अनुसार आज वेदकोट नगरपालिकाको वडा नम्बर ३ मा करीब १ सय ३० वटा कुकुर र बिरालोलाई रेविज विरुद्धको खोप सेवा प्रदान गरीएको छ । यही पौष १५ गतेदेखि सञ्चालन गरिएको रेविज विरुद्धको निशुल्क खोप अभियान वेदकोट नगरपालिकाका सम्पुर्ण वडाहरुमा सञ्चालन गरिने छ । अभियानको पहिलो दिन यही पौष १५ गते वेदकोट नगरपालिकाको वडा नम्बर १ पिपलथलामा कार्यक्रमको आयोजना गरी करीब १ सय ५० वटा कुकुर तथा बिरालोलाई रेविज विरुद्धको खोप लगाइएको थियो ।

 बिहीवार भने वेदकोट नगरपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी करीब १ सय ५० वटा कुकुर तथा बिरालोलाई रेविज विरुद्धको खोप निशुल्क रुपमा लगाइएको वेदकोट नगरपालिकाको पशु सेवा शाखाका प्रमुख तर्कराज भट्टले जानकारी दिनु भयो । साथै उहाले आइतवार वेदकोट नगरपालिकाको वडा नम्बर ४ मा कुकुर तथा बिरालोलाई रेविज विरुद्धको खोप सेवा निशुल्क रुपमा प्रदान गरीने समेत जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.