बृहत पोषण लक्षित कार्यक्रमको प्रशिक्षक प्रशिक्षण तालिम  शनिवार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न

बृहत पोषण लक्षित कार्यक्रमको प्रशिक्षक प्रशिक्षण तालिम  शनिवार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न

 बृहत पोषण लक्षित कार्यक्रमको प्रशिक्षक प्रशिक्षण तालिम  शनिवार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । यहि पौष १२ गते देखि शुरु भएको उक्त तालिमको आज शनिवार समापन गरिएको हो । स्वास्थ्य कार्यालय कंचनपुरको आयोजना तथा सुआहारा दोस्रो कार्यक्रमको आर्थिक सहयोगमा संचालित सो तालिममा कंचनपुरका ९ वटै स्थानिय तहका स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यकर्ता र स्वास्थ्यचौकीका प्रमुख लगायत सरोकारवालहरुको सहभागिता रहेको थियो ।

 जिल्ला स्वास्थय कार्यालय कंचनपुरका निमित्त प्रमुख तथा तथ्यांक अधिकृत गौरीसिह कार्कीको सभापतित्वमा सम्पन्न भएको उक्त समापन समारोहमा अथितिहरुमा सुआहारा, साझेदार सस्था NNSWA का विनोद विक्रम जैरु र सामुदायिक रेडियो शुक्लाफाटा एफ एमबाट प्रसारण हुने भन्छिन आमा रेडियो कार्यक्रमका कार्यक्रम उत्पादक सुरेन्द्र पाल्पाली रहनुभएको थियोे । वृहत पोषण लक्षित कार्यक्रमलाई अझ प्रभावकारीता साथ गाउ स्तर सम्म लैजान र समुदाय स्तरमा पुराउनका लागी तालिम फलदायक हुने सुहारा दोस्रो कार्यक्रमका प्रतिनिधि दिपेन्द्र भटृले वताउनु भयो । वृहत पोषण लक्षित कार्यक्रमको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई लक्षित गर्दे पोषण कार्यक्रमलाई थप प्रभावकारीताका साथ अगाडी लैजाने कुरामा सहभागिहरुको उत्साह थप्दै नेपाल सरकारले स्वास्थ्यका क्षेत्रमा गर्दे आएको लागनी र स्वास्थ्यकर्मीहरुले गरिरहेको बताउदै NNSWA का विनोद विक्रम जैरुले वर्तमान कामको प्रशंसा र आगामी पोषणको कार्यक्रम सफलताको कामना गर्नुभयो ।

 वृहत पोषण लक्षित कार्यक्रमको प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रमको अध्यक्षता गर्दे कुनै पनि कार्य सम्पन्न गर्न वा लक्ष्य प्राप्त गर्न हरेक चुनौतिको सामना गर्नमा पछि पर्न नहुने र सधै अगाडी वढिरहे एक दिन सोचिएको चाहेको परिवर्तन र लक्ष्य प्राप्ती हुनेमा आफू विस्वस्थ रहेको जिल्ला स्वास्थय कार्यालय कंचनपुरका निमित्त प्रमुख तथा तथ्यांक अधिकृत कार्कीले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.