सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ६ सय ५३ जना पुगेको छ । आइतवार थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ६ सय ५३ जना पुगेको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदुरपश्चिम प्रदेशका कुल संक्रमितमध्ये ११ हजार २५ जना कोरोनामुक्त भइसकेका र हालसम्म ५१ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
आइतवार सुदुरपश्चिम प्रदेशका दुई वटा प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा १० जनामा र अछामको कमलबजार नगरपालिकामा रहेको प्रयोगशालामा भएको परीक्षणमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आइतवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका २ जना, कञ्चनपुरका ८ जना र अछामका ३ जना रहेका छन् ।
Comments are closed.