कञ्चनपुरको लालझाडी गाउपालिका वडा नम्बर ४ को देखतभुलीमा ५ वर्ष बितिसक्दा समेत पुल निर्माण कार्य सम्पन्न नहुदा त्यहाका नागरीक समस्यामा

कञ्चनपुरको लालझाडी गाउपालिका वडा नम्बर ४ को देखतभुलीमा ५ वर्ष बितिसक्दा समेत पुल निर्माण कार्य सम्पन्न नहुदा त्यहाका नागरीक समस्यामा परेका छन् । कञ्चनपुरको लालझाडी गाउपालिका र शुक्लाफाँटा नगरपालिकालाई जोड्ने गरी निर्माण भइ रहेको उक्त पुल ५ वर्ष बितिसक्दा समेत सम्पन्न नभएको हो । आइतवार विभिन्न सामाजिक कार्यमा सक्रिय जनबाहिनी नेपालका संयोजक शिरोमणि ओझाको नेतृत्वको टोलीले सो लालझाडी गाउपालिकाको वडा नम्बर ४ मा पुल निर्माण कार्य चाडो निर्माण गरिनु पर्ने भन्दै खबरदारी कार्यक्रम गरेको छ । पाच वर्ष बितिसक्दा समेत पुल निर्माण कार्य सम्पन्न नहुदा लालझाडी गाउपालिकाका स्थानीयलाई शुक्लाफाँटा नगरपालिका जान र शुक्लाफाँटा नगरपालिकाका स्थानियलाई लालझाडी गाउपालिका आउन समस्या हुने गरेको जनबाहिनी नेपालका संयोजक ओझाले बताउनु भयो । उहाले ५ वर्षसम्म पनि पुल निर्माण नहुदा समेत स्थानीय सरकारले ध्यान नदिएको भन्दै स्थानीयहरुको समस्या समाधानका लागि पहल गर्न सरोकारवालाहरुलाई आग्रह समेत गर्नु भया

सम्बन्धित

Leave A Reply

Your email address will not be published.